Welcome to the Frontpage
जिल्लाको परिचय PDF Print E-mail
Written by Administrator   
Wednesday, 03 March 2010 18:25

जिल्लाको परिचय
नामाकरण
:- यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (बारा गढीमाई) र गोश्वाराको रुपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाई छ ।
प्रतिव्यक्ति आय सबैभन्दा बढी भएको जिल्ला :- नेपालीको प्रतिव्यक्ति आय २४० अमेरिकी डलर रहेको वर्ष(२०५८ साल) मा बारा जिल्लावासीको प्रति व्यक्ति आय ३९६ अमेरिकी डलर रहेको थियो ।
नारायणी अञ्चलमा सबैभन्दा बढी दु्रत गतीमा जनसंख्या वृद्धि भएको जिल्ल :- २०५८ सालको जनगणनाको नतिजा अनुसार जिल्लागत हिसाबमा सातौ, मध्यमाञ्चल विकास क्षेत्रमा काठमाण्डौ पछिको र नारायणी अञ्चलमा सबै भन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला बारा रहेको छ ।
रु.४ करोड भन्दा बढी स्थायी सम्पत्ति भएका उद्योगहरु सबैभन्दा बढी भएको जिल्ला :- बारा जिल्लामा औद्योगिक गणना २०५९ को नतिजा अनुसार १० वा सो भन्दा बढी नियमित कामदार कार्यरत रहेका उद्योग प्रतिष्ठानहरु जम्मा ११९ वटा थिए । नेपालमा जम्मा ३२१३ वटा त्यस्ता उद्योग सञ्चालनमा रहेको उक्त वर्ष१२२ वटा उद्योगको मात्र रु.४ करोड भन्दा बढी स्थायी सम्पत्ति रहेको थियो । ती १२२ मध्ये १९ वटा उद्योगहरु बारा जिल्लामा सञ्चालित थिए । साथै, त्यस आंकडा अनुसार बाराका ८ वटा उद्योगहरुमा २०० जना वा सो भन्दा बढी कामदारहरु कार्यरत रहेका थिए । स्वदेशि र विदेशीको संयुक्त नीजि लगानीमा उक्त सालसम्म नेपालमा स्थापीत भएका कूल २८ वटा उद्योगहरु मध्ये ४ वटा बारा जिल्लामा सञ्चालनमा रहेका थिए।
सबैभन्दा बढी क्यालोरी खाद्यान्न उपलब्ध हुने जिल्ला (दशलाख किलो क्यालोरी): बारा जिल्ला: २२८३.२।नेपाल : ६७२

Last Updated on Wednesday, 03 March 2010 18:29